ल्होछारको अवसरमा चौकीटोलमा विविध कार्यक्रम

तामसालिङ खबर
२८ माघ २०८०, आईतवार २१:२३

माघ, हेटौंडा – मन्जुश्री सम्वत २८६० डुक/मु ल्होछारको अवसरमा हेटौंडा १ चौकीटोलमा विभिन्न कार्यक्रम भएको छ । तामाङ गुठीको आयोजना तथा वडा बाल संजालको समन्वयमा सुभकामना आदानप्रदान, नृत्य प्रतियोगिता, सांगितिक कार्यक्रम तथा बिंगो भएको हो।

मौलिक नृत्य प्रतियोगितामा नौ वटा बाल समूहको सहभागिता रहेको थियो। जसमा बाराही बाल समूह लालझाडी प्रथम, बिन्दबासिनी बाल समूह द्वितीय र अमर बाल समूह तृतीय भएक थिए। त्यस्तै कालिका आधारभूत विद्यालय र बज्रज्ञान आधारभूत विद्यालयले सान्त्वना पुरस्कार प्राप्त गरे । विजेतालाई क्रमशः १० हजार ,५ हजार, ३ हजार र १ हजार पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

सांस्कृतिक तर्फ फुल फिंगर ब्याण्ड, द एलेभेन सिक्स ब्याण्ड सामरी र सिक्स स्टिङ्ग ब्याण्ड ले प्रस्तुति दिएका थिए । स्थानीय कलाकार रिसब फागो र रबिन रौनियारले ब्यान्ड संग मिलेर आफ्नो प्रस्तुति दिएका थिए । बिंगो तर्फ मुना लामा र सरोज साहले फुल हाउस २५ हजार पुरस्कार प्राप्त गरेका थिए ।

करिब २ हजार दर्शकहरुको उपस्थिति रहेको कार्यालयको संयोजक तथा सन्चालक संग्राम बल लामा रहेका थिए । हेटौं८ा १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा युवा नेता धरम लामा, वडाका जनप्रतिनिधहरु, स्थानिय पार्टी प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*