आजबाट पेट्रोलियम पदार्थको मूल्य बढ्यो
माघ, काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि आजदेखि नेपालमा पनि पेट्रोल र डिजेलमा मूल्य वृद्धि भएको छ ।
इन्डियन आयल कर्पोरेशन (आइओसी)ले जनावरी ३१ तारिखमा नयाँ मूल्य सूची पठाएपछि नेपाल आयल निगम सञ्चालक समितिको बैठक बसेर मूल्य वृद्धि गरेको हो ।
डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ भने खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको छ ।
नयाँ मूल्य सूचीअनुसार बढीमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७०, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५८, र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १९ सय दश रुपैयाँ पुगेको छ ।