चैनपुर जेसीज मनहरीको अध्यक्षमा ढकाल पदस्थापित
माघ, हेटौंडा (मनहरी) – पश्चिम मकवानपुरको युवाहरुलाई समेट्दै स्थापना भएको चैनपुर जेसीज मनहरीको वर्ष सन् २०२४ को अध्यक्षमा रबिन ढकाल पदस्थापित भएका छन् ।
मंगलबार साँझ भएको प्रथम पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रमका बीच संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारीले ढकाललाई अध्यक्षको माला हस्तान्तरण गर्दै अध्यक्षमा पदस्थापित गराएका हुन् ।
जेसीजको साधारणसभाबाट कार्यकारिणी उपाध्यक्षमा सुरेश गौतम र महेश खुलाल तथा उपाध्यक्षमा नवराज रिजाल, उज्वल बिष्ट, हरिशरण शिवाकोटी र जयराम रिजाल सर्वसम्मत चयन भएका थिए ।
अध्यक्ष ढकालले कानूनी सल्लाहकारमा श्रीराम खड्का, महासचिव कृष्णप्रसाद ढकाल, कोषाध्यक्ष मिलन ढुंगाना, सचिव मनोज चौलागाईं, शाखा सम्पादक राजु सुवेदी, प्रकरण निर्देशक सुसन बानियाँ, जनसम्पर्क अधिकारी प्रमोद अधिकारी, क्षेत्र ख सम्मेलन संयोजक मनोज बिष्ट, तालिम संयोजक मनोज अधिकारी, सदस्य वृद्धि संयोजक पवन अर्याल, स्वास्थ्य संयोजक प्रितम लामा, महाधिवेशन संयोजक मनिष पौडेल, शिक्षा संयोजक साजन लामा, एनजीओ आइएनजिओ संयोजक सुरज ढुंगाना, मिडिया संयोजक चुडामणी अधिकारी र खेलकुद संयोजकमा प्रदीप थापालाई मनोनित गरेका छन् ।