मदन आश्रित प्राविका ५२ जना विद्यार्थीलाई पोशाक बितरण
माघ, हेटौडा (मनहरी) – मकवानपुरको मनहरी गाउँपालिका ५ रुन्चेडाँडा स्थित मदन आश्रित प्राथमिक विद्यालयमा अध्ययनरत ५२ जना विद्यार्थीका लागि पोशाक बितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी मनहरी उपशाखाको समन्वयमा विद्यालयका बालबालिकाहरुका लागि पोशाक बितरण गरिएको हो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पम्फा रोक्का, प्रधानाध्यापक दीपक पौडेल तथा रेडक्रसका तर्फबाट सभापति मोहन कार्की उपसभापति अन्जु कार्की (खुसी), सचिव पुस्कर सुवेदी, उप-कोषाध्यक्ष सीताराम अधिकारी, लगायतको सहभागितामा बालबाबालिकाका लागि टिसर्ट, ट्रयाकसुट र ज्याकेट वितरण गरिएको छ ।
अमेरिकास्थित कार्की कन्सल्टिङ निको फाउण्डेसनको सहयोगमा पोशाक बितरण गरिएको हो । पोशाकसँगै फाउण्डेसनले उक्त विद्यालयका बालबालिकाका लागि खाजा र खानाको समेत व्यवस्था गर्दै आइरहेको रेडक्रस उपसभापति अन्जु कार्की (खुसी) ले जानकारी दिनुभयो ।