पोखरामा पहिलो पटक खुल्ला तामाङ सेलो नृत्य प्रतियोगिता हुने

तामसालिङ खबर
४ माघ २०८०, बिहीबार २१:०७

माघ, गण्डकी (पोखरा) – गण्डकी प्रदेशको राजधानी पोखरामा पहिलो पटक ‘खुल्ला तामाङ सेलो नृत्य प्रतियोगिता’ हुने भएको छ । नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिको आयोजनामा यहि माघ ६ गते शनिबार तामाङ सेलो नृत्य प्रतियोगिता हुने भएको हो।

मञ्जुश्री संवत् २८६० सोनाम ल्होछार डुक ल्हो (गरुड वर्ग) को अवसरमा पोखराको न्यूरोडस्थित सिटी स्क्वायरमा खुला तामाङ सेलो नृत्य प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रमको तयारी तिब्र पारिएको कार्यक्रम संयोजक जसपाल पाख्रिन तामाङले जानकारी दिनुभयो।

प्रतियोगिताको लागि आगामी ६ गते शनिबार बिहान १० बजेसम्म टिम दर्ता गर्न सकिने छ। उनका अनुसार प्रतियोगिताको विजेता समूहले नगद रु ३० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । द्वित्तिय हुने समूहले नगद रु २५ हजार ट्रफी र प्रमाणपत्र हात पार्नेछन् भने तृतीय हुने टिमले नगद रु १५ हजार साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, सान्त्वना हुने समुहलाई नगद रु १० हजार ट्रफीसहित प्रमाण-पत्र प्रदान गरिने बताए ।

तामाङ समुदायको संस्कृतिलाई संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको बताउदै सेलो प्रतियोगितामा तामाङ समुदाय बाहेक अन्य समुदायका नृत्य समूहले पनि सहभागिता हुन पाउने संयोजक तामाङको भनाई छ।

प्रतियोगिताको निर्णायकमा जसु गुरुङ, सुवास राई र अमन तामाङ रहने छन् भने तामाङ्ग सांगीतिक क्षेत्रको चर्चित गायक विश्व दोङ र गायिका लक्ष्मी डिम्डुङ तामाङको सांगीतिक प्रस्तुत रहने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*