पर्यटन प्रबर्द्धनका लागि हेटौंडामा थाहा फोटो प्रदर्शनी हुने

तामसालिङ खबर
१६ पुष २०८०, सोमबार १७:३७

पौष, हेटौंडा – मकवानपुरको पर्यटकीय थाहा नगरको पर्यटन प्रबर्द्धनका लागि हेटौडामा फोटो प्रदर्शनी हुने भएको छ । थाहा नगरपालिकाको आयोजनामा पौष २० र २१ गते हेटौंडाको बुद्धचोकमा फोटो प्रदर्शनी हुने भएको हो ।

थाहा नगरका करिब एक दर्जन फोटोग्राफरहरुले खिचेका थाहा नगरको पर्यटन नगरको प्राकृतिक, धार्मिक स्थल, सभ्यता, सस्कृति र जीवनशैली समेटिएका करिब ६० ओटा फोटोहरुको प्रदर्शनी गरिने फरक सोचका संयोजक यादबजंग रायमाझीले बताउनुभयो ।

हेटौडा उपमहागरपालिका, नेपाल पत्रकार महासंघ मकवानपुर शाखा, मकवानपुर फोटो पत्रकार संघको सहकार्यमा फोटो प्रदर्शनीको ब्यवस्थापन फरक सोच र शिखर क्लबले गर्नेछन् ।

पर्यटनको प्रसस्तै सम्भाबना रहेको उत्तरी मकवानपुरको सम्पदा, सभ्यता र जीवनशैलीलाई समेटेर गर्न लागिएको फोटो प्रदर्शनीले थाहा नगर लगायत आसपासको क्षेत्रको पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने थाहा नगरपालिकाका प्रमुख विष्णु विष्टले बताउनुभयो ।

बागमति प्रदेशको राजधानी हेटौंडा र संघिय राजधानी काठमाडौबाट नजिक पर्ने उत्तरी मकवानपुरको थाहा नगरपालिका र ईन्द्रसरोवर गाँउपालिका आसपासका क्षेत्र आन्तरिक पर्यटनको गन्तव्य रुपमा विकास हुदै गएको र यहाँ भएका पर्यटनका स्रोतहरुलाई चिनाउन फोटो प्रदर्शन गर्न लागिएको फरक सोच अभियानका संयोजक रायमाझीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*