पालुङ जेसीजको साधारणसभा शुक्रबार हुने

तामसालिङ खबर
९ पुष २०८०, सोमबार १८:५२

पौष, हेटौडा (थाहा नगर) – थाहा नगरमा क्रियाशिल पालुङ जेसीजको बार्षिक साधारण सभा पौष १३ गते शुक्रबार थाहा नगरपालिका शिखरकोटको शंकर होटलमा हुने भएको छ ।

एक बर्ष, एक ब्यक्ति, एक पदको सिद्धान्त अनुसार उक्त साधारण सभाले बर्ष २०२४ को लागि नयाँ कार्य समितिको चयन गर्ने बर्ष २०२३ का महासचिव सञ्जय गोपालीले बताउनुभयो । गोपालीका अनुसार साधारणसभाले बर्ष २०२३को गतिबिधि सहितको प्रतिवेदन, आर्थिक प्रतिवेदन छलफल सहित अनुमोदन हुनेछ ।

सन् २००० मा स्थापना भएको पालुङ जेसीजको आगामी साधारणसभा २४ औं साधारण सभा भएको र साधारण सभा अन्तरगतको निर्वाचन कार्यक्रम पौष ९ गते सोमबार प्रकाशन गरिएको छ । जस अन्तर्गत मतदाता नामावली प्रकाशन भएको र पौष १० गते मंगलबार ऊम्मेद्वारी दर्ताको कार्यक्रम रहेको निर्वाचन आयुत्त जयराम खत्रीले बताउनुभयो ।

जेसीजको बिधान अनुसार १ अध्यक्ष, २ कार्यकारिणी उपाध्यक्ष, ४ उपाध्यक्ष पदको निर्वाचन हुनेछ भने बाँकी पदहरुमा अध्यक्षले मनोनित गर्ने ब्यवस्था रहेको हुन्छ । निर्वाचन कार्यमा जेसीजको बिधान अनुसार १८ बर्ष देखि ४० बर्षका पालुङ जेसीजका सदस्यहरु सहभागी हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*