आधुनिक कृषक समूहको साधारणसभा सम्पन्न
पौष, हेटौडा (थाहा नगर) – थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको आधुनिक कृषि तथा पशुपंक्षी पालक कृषक समूहको दोश्रो बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
थाहानगरको शंकर होटलमा भएको साधारणसभाले आगामी २ बर्षे कार्यकालको लागि राजेन्द्रकुमार खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कृष्ण बिष्ट, सचिबमा मधुकर अधिकारी, कोषाध्यक्षमा प्रदिप उप्रेती चयन भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा भुवन सेढाई, कपिलध्वज कार्की, रबि जिम्बा चयन भएकाछन् ।
साधारणसभाले कार्यसमितिको तर्फबाट कार्यबाहक अध्यक्ष राजेन्द्रकुमार खत्रीले प्रस्तुत गरेको बार्षिक प्रतिबेदन सहित आगामी नीति तथा कार्यक्रम , कोषाध्यक्ष प्रदिप उप्रेतीले प्रस्तुत गरेको लेखापरीक्षण प्रतिबेदन सहितको आर्थिक प्रतिबेदन पारित गरेको छ ।
२०७८ मा स्थापना भएको समूहले बिभिन्न संघसंस्थासंगको समन्वयमा कृषि र पशुपालन सम्बन्धि बिबिध कार्यक्रम संचालन गर्दै आएको छ ।कार्यबाहक अध्यक्ष खत्रीको अध्यक्षतामा भएको साधारणसभाको संचालन सचिब रामचन्द्र खत्रीले गरेका थिए ।