मकवानपुर गढीमा कोदो संकलन कार्यको शुरुवात

तामसालिङ खबर
१ पुष २०८०, आईतवार २०:२५

मंसिर, हेटौडा (मकवानपुर गढी) – मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ कालीखोला स्थित अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्था लिमिटेडले आइतबारदेखि पालिकामा उत्पादित कृषकहरुबाट कोदो खरिद गरि संकलन गर्न शुरुवात गरेको छ ।

सहकारी संस्थाले गाउँपालिकाबाट तोकिएको मूल्यमा अनुदान रकम समेत थप गरि प्रति केजी ६० रुपैंयाको दरले कोदो खरिद गरिएको सहकारीका अध्यक्ष दिल वहादुर योन्जनले बताउनुभयो ।

आजबाट शुरु भएको कोदो संकलन कार्यमा मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान र वडा न. ४ का वडा अध्यक्ष अर्जुन प्रसाद तिमिल्सिनाको उपस्थिति रहेको थियो ।

गाउँपालिका अध्यक्ष स्याङ्तानले ८६ वर्षीय कृषक बीर बहादुर योन्जनलाई चेक हस्तान्तरण गरि कोदो खरिदको कार्य शुरुवात गर्नुभएको थियो । अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्थाले गाउँपालिकाको सहयोगमा गत वर्ष देखि कालीखोला ब्रान्डको कोदो पिठो प्याकेजिङ्ग गरि बजारमा बिक्री गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*