बागमती प्रदेशमा बहुवर्षीय आयोजनाको ठेक्कासम्बन्धी मापदण्ड स्वीकृत

तामसालिङ खबर
२३ मंसिर २०८०, शनिबार १५:२६

मंसिर, हेटौंडा – बागमती प्रदेशमा बहुवर्षीय आयोजनाको ठेक्का सम्बन्धी मापदण्ड स्वीकृत गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सञ्चालन गरिरहेका वहुवर्षिय योजनाहरु नै बोझिलो भइरहेको समयमा यो मापदण्ड स्वीकृत गरिएको हो ।

प्रदेश सरकारले प्रदेशको बहुवर्षीय आयोजनाहरूको ठेक्का सम्बन्धी मापदण्ड स्वीकृत गरेर काम पनि सुरु गर्ने जनाएको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बुधबार बसेको मन्त्री परिषद् बैठकले प्रदेश सरकारबाट सञ्चालन हुने बहुवर्षीय आयोजनाको ठेक्कासम्बन्धी मापदण्ड २०८० स्वीकृत गर्ने निर्णय गरेको जनाएको छ ।

प्रदेश सरकारमा आफु नेतृत्व तहमा भएका बेलामा बहुवर्षिय योजनाहरु सुरु गरिदिने र अरु आउँदा सरकारलाई पनि ती योजनाहरु गर्नै पर्ने बाध्यताहरु छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*