राक्सिराङ्गमा यौन तथा प्रजनन अधिकार सम्बन्धी अन्तरक्रिया

तामसालिङ खबर
१३ मंसिर २०८०, बुधबार १९:३२

मंसिर, हेटौंडा (राक्सिराङ्ग) – किशोरकिशोरीको लागि राक्सिराङ गाउँपालिकामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया भएको छ ।

वियोण्ड बेइजिङ कमिटी नेपालको आयोजनामा बुधबार गरिएको कार्यक्रममा जनप्रतिनिधि, धार्मिक अगुवा, शिक्षक, झाँक्री, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायत किशोकिशोरीहरुको सहभागितामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

यौन प्रजनन सम्बन्धि सचेतनाको विभिन्न गतिबिधिले गर्दा पहिलाको बर्ष भन्दा अहिले समस्या निर्मुल हुँदै गएको र आगामी दिनमा यस्ता सचेतना, अभिमुखीकरण र अन्तरक्रियाको मध्यम निरन्तरताको लागि स्थानीय सरकारको साथ सहयोग रहने राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो।

स्थानीय किशोरकिशोरीलाई यौन तथा प्रजनन अधिकारको विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको सन २०२३ काे सबै बैठक तथा कार्यक्रमहरु सकिएको र अंग्रेजी बर्ष २०२४ शुरु भए लगतै पुन: पैरवी कार्यक्रम, बैठक निरन्तर हुने संस्थाको सम्पर्क अधिकारी कुमारी वाइबाले जानकारी दिनुभयो।

संस्थाका सम्पर्क अधिकारी एवं युसेस नेपाल मकवानपुरका कुमारी वाइबाको सभाअध्यक्षता तथा राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो।

कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देब चन्द्र गर्तौला, नेपाल मानब अधिकार संगठन मकवानपुर अध्यक्ष सर्मिला श्रेष्ठ, माइती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामा, शिक्षाको लागि राष्ट्रिय अभियान मकवानपुरका निबर्तमान अध्यक्ष बुद्धबीर लामा, प्रजा जागृति माबिको प्रधानध्यापक सुर्यबहादुर प्रजा, चैनपुर प्रहरी चौकीको प्रहरी प्रमुख लगायतको आतिथ्यता रहेको थियो।

राइट हियर, राइट नाउ संस्थाको सहयोगमा गाउँपालिकामा सञ्चालित यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी परियोजना सन् २०२५ सम्म सञ्चालन हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*