थाहाको मंगलेश्वर युवा क्लवले उचाले, बिनयबाबु स्मृति भलिबलको उपाधी

तामसालिङ खबर
२८ कार्तिक २०८०, मंगलवार ०७:५३

कार्तिक, हेटौडा (थाहा नगर) – मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरमा जारी छैटौं विनयबाबु बस्नेत स्मृति जिल्ला स्तरीय भलिवल रनिङ शिल्डको उपाधी मंगलेश्वर युवा क्लव थाहा २ भाङ्खोरियाले हात पारेको छ।

सोमबार भएको प्रतियोगिताको फाइनलमा आयोजक विनयबाबु स्मृति प्रतिष्ठानलाई ३-० को सोझो सेटमा हराउदै मंगलेश्वरले उपाधी उचालेको हो । मंगलेश्वरले आयोजकलाई २५-१९,२५-२२ र २५ – २३ को सोझो सेटमा पराजित गरेको थियो। उपाधी संगै मंगलेश्वरले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, उपबिजेता आयोजकले २८ हजार ८ सय ८८ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।

बिजेता खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई संघिय संसद महेश वर्तौला तथा थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टले पुरस्कार प्रदान गर्नुभएको थियो। प्रतियोगितामा उत्कृष्ट पाँच विधा अन्तर्गत उत्कृष्ट खेलाडी मंगलेश्वरका बलराम सुवेदी ,उत्कृष्ट डिफेन्डर रोशन गोपाली,उत्कृष्ट स्पाइकर कुशल लामा र उत्कृष्ट सेटर उत्सव आले तथा उत्कृष्ट नव प्रतिभा खेलाडी सुजल कार्की हुन सफल रहे उत्कृष्ट खेलाडी हरुलाइ नगदसहित मेडल प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*