मकवानपुरमा ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने
कार्तिक, हेटौडा – मकवानपुर जिल्लामा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ । राति ८ बजेबाट देउसी भैलो खेल्ने टोलीलाई स्थानीय प्रहरीले समापन गर्न लगाउने र ९ बजेबाट पूर्णरुपमै रोकिने निमित्त प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईले जानकारी दिनुभयो ।
उनले तिहारको समयमा मदिरा सेवनमा धेरै कडाइ गरिने बताएका छन् । झै-झगडा र सम्भावित दुर्घटनालाई रोक्नका लागि तिहारमा मदिरा सेवनलाई कडाइ गर्न लागिएको बताए । उनका अनुसार यसवर्ष तिहारमा चोकचोकमा प्रहरी चेकिङ राखिनेछ । शनिबारबाट यसवर्षको तिहार सुरु हुँदैछ ।