आईसीसीद्वारा श्रीलंका क्रिकेटको सदस्यता निलम्बन

तामसालिङ खबर
२५ कार्तिक २०८०, शनिबार ०८:५०

कार्तिक, काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले शुक्रबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै श्रीलंका क्रिकेटको सदस्यता निलम्बन गर्ने निर्णय गरेको जनाएको छ । आईसीसी बोर्डको शुक्रबार बसेको बैठकले यस सम्बन्धमा निर्णय गरेको हो ।

प्रेस विज्ञप्तिमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको सदस्य भएर श्रीलंका क्रिकेटले आफ्नो जिम्मेवारी पूरा गर्न असफल भएको भनिएको छ । आईसीसीले श्रीलंकाले स्वतन्त्र रूपमा आफ्नो काम अघि बढाउन सक्षम नभएको पनि बताएको छ ।

श्रीलंका क्रिकेटले सरकारी हस्तक्षेप बिना श्रीलंकामा क्रिकेटको प्रशासन र नियमन जस्ता जिम्मेवारीहरू पूरा गर्न सक्छ भन्ने सुनिश्चित गर्न सक्षम नभएको आरोप आईसीसीको छ। यसका साथै यो निलम्बनका सर्तहरू आइसीसी बोर्डले आउँदो समयमा तय गर्ने बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*