बेचविखन नियन्त्रणमा स्थानीय तहको भूमिका बारे प्रशिक्षण

तामसालिङ खबर
१९ कार्तिक २०८०, आईतवार ०६:२७

कार्तिक, हेटौडा – कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र सेलर्ड र शान्ति फाउण्डेशको आयोजनामा मानव बेचविखन नियन्त्रण बारे स्थानीय तहको भूमिका बारे प्रशिक्षण गरााइएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका, बकैया गाउँपालिका, मनहरी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी र जिल्लाका गैससका प्रतिनिधिहरुलाई प्रशिक्षण दिइएको हो । मानव बेचविखन नियन्त्रणमा स्थानीय तहले निर्वाह गर्नुपर्ने भूमिका बारे प्रशिक्षण गराइएको हो ।

बेचविखनको संभावित जोखिमबाट बचाउन, प्रभावितहरुको उद्दार तथा पुनर्स्थापनामा लागि पर्नको लागि स्थानीय सरकारको रुपमा गर्नुपर्ने भूमिका बारे प्रशिक्षण गराइएको थियो । प्रशिक्षणले आफूहरुलाई ऐन कानुनबारे पुनर्ताजगी भएको सहभागीहरुले बताए ।

हेटौंडामा दुई दिनसम्म चलेको कार्यक्रममा संघीय सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका रामहरि गैरे, सेलर्डका कपिल अर्याल, सुखदेव सापकोटा, रत्न श्रेष्ठ तथा शान्ति फाउण्डेशकी सिता गुराङले सहजिकरण गरेका थिए ।

प्रशिक्षण कार्यक्रमपछि सहभागीहरु मनहरी गाउँपालिका उपाध्यक्ष रेखा पुलामी, हेटाैंडा ११ वडा अध्यक्ष जुना दाहाल, समेतकाे उपस्थिति रहेकाे थियाे । प्रशिक्षणपछि मनहरी गाउँपालिका वडा ३ का अध्यक्ष अनन्तप्रकाश अर्याल, बकैया गाउँपालिका कार्यालय महिला बालबालिका शाखाकी होमकुमारी सञ्जेल, हिमराइट्स नेपाल मकवानपुरकी कुमारी वाइबालगायतले प्रशिक्षणले कार्यक्षेत्रमा खटिएर काम गर्दा विशेष ध्यान दिनुपर्ने सवालमा पुनर्ताजगी प्रतिकृया दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*