भूकम्प प्रभावित क्षेत्रमा नेपाल टेलिकमकाे सीमसहित नि:शुल्क सेवा

तामसालिङ खबर
१८ कार्तिक २०८०, शनिबार १३:३९

कार्तिक, काठमाडौँ – नेपाल टेलिकमले भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रका लागि पाँच दिनसम्म भ्वाइस कल र एसएमएस सेवा निःशुल्क दिने निर्णय गरेको छ ।

नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले भूकम्प प्रभावित क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु सुचारु रहेको जानकारी गराउँदै सूचना आदान-प्रदानलाई निरन्तरता दिन सो क्षेत्रमा रहेका कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकहरूलाई पाँच दिनका लागि भ्वाइस र एसएमएस सेवा निशुल्क उपलब्ध गराइएको जानकारी दिए ।

उनले सो क्षेत्रमा पाँच दिनका लागि भ्वाइस र एसएमएस सेवासहितको निःशुल्क सीम उपलब्ध गराउने समेत जानकारी दिए । सीम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुने पनि विज्ञप्तिमा भनिएको छ । उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकताअनुसार निःशुल्क नमस्ते वाइफाइ सेवा समेत उपलब्ध गराइने विज्ञप्तिद्वरा जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*