बागमती प्रदेशले भुकम्प पिडितको लागि १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने
कार्तिक, हेटौडा – बागमती प्रदेश सरकारले जाजरकोट भूकम्प पीडितहरुलाई राहत स्वरुप एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
बागमती प्रदेश सरकारको प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले शनिबार एक विज्ञप्ति जारी गर्दै गएराती कर्णाली प्रदेश अन्तरगत जाजरकोट र रुकुम पश्चिम गएको भूकम्पबाट पीडितहरु लागि राहात, उद्वार, र पुन निर्माणको लागि १ करोड ५० लाख उपलब्ध गराउने जानकारी दिनुभएको हो । उहाँँले बिपद्काे यश घडीमा बागमती प्रदेश सरकार कर्णाली प्रदेश सरकारकाे साथमा रहने बताउनु भयो ।
मन्त्री श्रेष्ठले भुकम्पमा परी ज्यान गुमाउने व्यक्तिहरु प्रति श्रद्धाञ्जली र आफन्तजनहरुमा समवेदना व्यक्त गर्नु भएको छ । उहाँले घाइतेहरुकाे शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नु भएको छ ।
मन्त्री श्रेष्ठले विपद्काे यश घडीमा आवश्यक सहयोग गर्न नागरिक समाज र गैरसरकारी संस्थाहरुलाई आग्रह पनि गर्नुभएको छ । उहाँको अनुसार आवश्यक प्रक्रिया पूरा गरि केही दिनमा नै उक्त रकम कर्णाली सरकारलाई हस्तान्तरण गरिने छ ।
बिज्ञप्ति हेर्नुहोस् –