पर्यटन सहकारीको अध्यक्षमा पुनःशिवहरी बर्तौला
असोज, हेटौडा (थाहा नगर) – ग्रामीण पर्यटन व्यावसायिक सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा पुनः शिवहरी वर्तौला निर्विरोध चयन भएका छन।
संस्थाको उपाध्यक्षमा गणेश लामा, सचिब प्रदिप केसी, कोषाध्यक्ष दिपा थापा र सदस्यहरूमा संजिता भण्डारी, युगल ढकाल र राजेश थापा क्षेत्री निर्विरोध चयन भएको छ।
त्यस्तै, ऋण समिती संयोजकमा अच्युत केसी, सदस्यहरू नारायण लामा र अप्सरा केसी निर्विरोध हुदा लेखा समिती संयोजकमा राजाराम रायमाझी र सदस्यहरुमा मोहनसिंह लामा र माधव केसी चयन भएका छन। नव निर्वाचित समितिलाई निर्वाचन अधिकृत निरन्जन अधिकारी र इन्द्रध्वज अधिकारीले पद तथा गोपनियताको सपथ गराएका थिए ।