सन् २०३० को विश्व कप फुटबल तिन देशमा हुने

तामसालिङ खबर
२० आश्विन २०८०, शनिबार ०६:५२

असोज, एजेन्सी – सन् २०३० को विश्व कप फुटबल तीन वटा देशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । फिफाले सन् २०३० को विश्व कप तीन वटा महादेशका तीन देशमा हुने जनाएको हाे ।

त्यस अनुसार स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रुपमा विश्व कप आयोजना गर्ने छन् । साथै विश्वकपका तीन उद्घाटन खेल उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा हुनेछन् । यो निर्णयलाई अर्को वर्ष हुने फिफा कङ्ग्रेसले अनुमोदन गर्नेछ । उरुग्वेले सन् १९३० मा पहिलो पटक विश्वकप आयोजना गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*