मकवानपुरमा डेंगू संक्रमितको संख्या ५ सय ६३ पुग्यो

तामसालिङ खबर
१५ आश्विन २०८०, सोमबार १८:१०

असोज, हेटौडा – मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको संख्या ५ सय ६३ पुगेको छ । जिल्लामा सोमबार थप ८ जनामा डेंगू संक्रमण भएसँगै संक्रमितको कूल संख्या ५ सय ६३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

सोमबार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका ३ जना, मकवानपुरगढी गाउँपालिका १ जना, मनहरीका २ जना, भीमफेदी र इन्द्रसरोवर गाउँपालिकाका १÷१ जनामा डेंगू संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा हालसम्म संक्रमित भएकामध्ये सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । त्यहाँ ३८६ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।

यसैगरी, थाहानगरपालिकाका दुई जना, मकवानपुरगढी गाउँपालिकाका १२ जना, बागमती गाउँपालिकाका २२ जना, मनहरी गाउँपालिकाका ५६ जना, इन्द्रसरोवर गाउँपालिकाका ३ जना, भीमफेदी गाउँपालिकाका १५ जना, बकैया गाउँपालिकाका १८ जना र राक्सिराङ गाउँपालिकामा २ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।

यस्तै, सो अवधिमा हेटौंडामा अस्पतालमा ४० जना र अन्य जिल्लाका ७ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै, सो अवधिमा जिल्लामा डेंगू संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१३ का एक जना पुरुष रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*