नेपाल सिएमए संघ मकवानपुरमा अमर लामा स्याङतान

तामसालिङ खबर
१३ आश्विन २०८०, शनिबार १९:५६

असोज, हेटौडा – नेपाल सि.एम.ए संघ मकवानपुर को चौथो अधिबेशनले अमरलामा स्याङतानको अध्यक्षतामा १३ सदस्य कार्यसमिती चयन गरेको छ । शनिबार भएको संघको भेलाले उपाध्यक्षमा तुलसी घिमिरे, सचिबमा नामकर लामा, कोषध्यक्षमा बिष्णु थपलिया र सहसचिबमा पासाङ लामालाई चयन गरेको हो ।

अधिबेशनलाई सम्बोधन गर्दै बागमती प्रदेशका सांसद प्रेमबहादुर पुलामीले नेपाल रहेका सि.एम.ए हरुले स्वास्थ्य क्षेत्रमा योगदान गरेको बताउदै चिकित्सकको अभाब रहेकोे बिकट क्षेत्रहरुमा जनताको लागि चिकित्सक सो सरहकै सेवा दिएको जनाउनुभयो ।

उहाँले ब्यबस्था नै परिबर्तन गरेको तत्कालिन जनयुद्धमा समेत उनिहरुको सेवा उल्लेखनिय रहेको बताउनुभयो । सिएमएहरुको उत्कृष्ट कार्य र सेवाको लागि आफुहरुले कानुन सम्मत ढङ्गले चालेका कदमहरु लाई साथ दिने प्रतिबद्धता समेत जनाउनुभयो । मदन लामा लोप्चनको अध्यक्षता भएको कार्यक्रम सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*