राक्सिराङ्गका जेष्ठ नागरिक चेपाङ्ग बा-आमा सम्मानित

तामसालिङ खबर
१५ आश्विन २०८०, सोमबार ०७:१७

असोज, हेटौडा (राक्सिराङ्ग) – ३३ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा राक्सिराङ्ग गाउँपालिकाले चेपाङ्ग बा-आमालाई सम्मान तथा सम्बाद कार्यक्रम गरेको छ । आईतबार वडा नम्बर ५ लाइसिराङ्गमा भएको कार्यक्रममा चेपाङ्ग बा-आमालाई सम्मान संगै सम्बाद कार्यक्रम गरिएको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्लले राक्सिराङ्ग ५ निवासी १ सय ७ बर्षिय जेष्ठ नागरिक बहाबली चेपाङ सहित ५० जना चेपाङ्ग बा-आमा (जेष्ठ नागरिक)लाई सम्मान तथा लत्ताकपडा प्रदान गरिएको थियो । कार्यक्रममा उहाँहरुको स्वास्थ्य परिक्षण, गुनासो सुन्ने र पारिवारिक सदस्यहरु बीच अन्तरक्रिया समेत गरिएको थियो।

पालिका सम्म आइपुग्न गाह्रो हुने, अटोले मनलाग्दी रुपमा भाडा लिने गरेकोले सामाजिक सुरक्षा भत्ता घरमा नै उपलब्ध गराईदिन गाउँपालिका अध्यक्ष मल्ल समक्ष आग्रह गरेका थिए । यस पटक गाउँपालिकाले चासो चिन्ता लिई सम्मान, गुनासो सुन्ने, स्वस्थ परिक्षण गरेकोमा खुसी भएको एक चेपाङ्ग बृद्धले बताउनु भयो ।

कार्यक्रममा ५ नम्बर वडाका वडाअध्यक्ष हरि प्रजा, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देब चन्द्र गर्तौला, स्वास्थ्य शाखा प्रमुख विजय कपारी लगायतको आतिथ्यता रहेको थियो । नाफानका कार्यक्रम संयोजक सन्तोष थापाले सहजिकरण गर्नुभएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*