हेटौडामा बन्ने भो तामाङ संग्रहालय, निर्माण स्थलमा भुमि पुजा

तामसालिङ खबर
९ आश्विन २०८०, मंगलवार १४:३४

असोज, हेटौडा – तामाङ समुदायको बाहुल्यता रहेको मकवानपुर जिल्लाको हेटौडामा तामाङ संग्रहालय निर्माण हुने भएको छ । हेटौडा उपमहानगरपालिकाद्वारा विनियोजित बजेट मार्फत संग्रहालय हेटौडा १० स्थित टोनी हेगन पार्क क्षेत्रमा बन्ने भएको हो ।

चालु आर्थिक वर्षमा १ करोड रुपैया बिनियोजन गरिएको बजेटबाट निर्माण शुरु गर्न लागिएको संग्रहालय निर्माण स्थलमा सोमबार हेटौडा उपमहानगरका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा बौद्धधर्म विधि अनुसार धर्म गुरु छुल्ठिम दोर्जे लामाले भुमि पुजा (सा लाङ्ग) तथा सिल्यान्यास गर्नु भएको छ ।

नेपाल तामाङ घेदुङ मकवानपुरका बरिष्ठ उपाध्यक्ष आत्माराम मुक्तानको अध्यक्षतामा गठित संग्रहालय निर्माण उपभोक्ता समितिले भवनको निर्माण कार्य शुरु गर्न थालिने भएको छ । ४ हजार वर्गफिटमा डेढ तल्ला सम्म संग्रहालयको भवन निर्माण कार्य शुरुवात गरिएको छ ।

गत आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेटमा समाबेश भएको एक बर्ष पछि मात्र संग्रहालयको निर्माण कार्य थालनी गरिएको छ। भुमि पुजा तथा सिलान्यास कार्यक्रममा नेपाल तामाङ घेदुङ बागमती प्रदेश अध्यक्ष लिलाकुमार घलान, हेटौडा १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जे लामा, नेपाल तामाङ्ग घेदुङ्ग मकवानपुर इन्चार्ज सुवास सिन्तान, जिल्ला अध्यक्ष कालु घलान, सचिब किरणमान बल, सल्लाहकार अमर लामा, भुटनदेबी युवा क्लबको अध्यक्ष सविन मोक्तान लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*