टिभिएसको च्याम्पियन्स एक्स्चेन्ज मेला हेटौंडामा हुने

तामसालिङ खबर
९ आश्विन २०८०, मंगलवार ०७:०८

असोज, हेटौंडा – हेटौंडा अटोमार्टमा टिभिएसको ५ दिने ‘च्याम्पियन्स एक्स्चेन्ज’ मेला हुने भएको छ । मेला असोज ९ गते मंगलबारबाट १३ गतेसम्म सञ्चालन हुने टिभिएसको आधिकारिक बिक्रेता हेटौंडा अटोमार्टका सञ्चालक प्रवेशराज बरुवालले बताउनुभयो ।

दशैं तिहार लगायतका चाडपर्वको अवसरमा टिभिएसले ल्याएको ‘हर मोडमा उमंग’ अफर अन्तर्गतका छुटसहित अन्य विशेष छुट र सुविधा एक्स्चेन्ज मेलामा ग्राहकले प्राप्त गर्ने बरुवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुराना जुनसुकै मोटरसाईकल तथा स्कुटर एक्स्चेन्ज गरी नयाँ टिभिएस मोटरसाइकल तथा स्कुटर विशेष छुटमा नयाँ मोटरसाईकल तथा स्कुटर खरिद गर्ने अवसर ग्राहकलाई मिल्नेछ ।

टिभिएसका मोटरसाईकल तथा स्कुटर खरिदमा ग्राहकले १० लाख रुपैयाँसम्म जित्ने मौका प्राप्त गर्न सक्नेछन् । यस योजना अन्तर्गत नकिन्दै एक लाख जित्ने मौका र खरिद गरेपछि दस लाख रुपैयाँसम्म जित्ने मौका छ ।

हरेक महिना १०० प्रतिशत क्यास ब्याक जित्ने अवसरका साथ एक भाग्यशाली विजेताले बम्परमा १० लाखसम्म जित्ने अवसर पनि रहेको कम्पनीले जनाएको छ । साथै, कम्पनीले मोटरसाईकल तथा स्कुटर एक्चेन्जमा रु. १० हजारसम्म थप मूल्यांकन तथा शुन्य प्रतिशत ब्याजदर र २५ प्रतिशत डाउनपेमेन्टमा मोटरसाईकल तथा स्कुटर खरिद गर्नसक्नेछन् ।

नेपालका लागि टिभिएसको अधिकारिक बितरक कम्पनी जगदम्बा मोटर्सले आकर्षक अफरहरु सहित च्याम्पियन्स एक्सचेन्ज अफरको घोषणा गरे संगै टिभिएसका मोटरसाईकल तथा स्कुटरको ईन्जिनमा लाईफ टाईम वारेन्टीको ब्यवस्था समेत गरेको जगदम्बा मोटर्सले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*