स्मार्ट पालिका बनाउने अभियानमा राक्सिराङ्ग

तामसालिङ खबर
८ आश्विन २०८०, सोमबार २०:३५

असोज, हेटाैंडा (राक्सिराङ्ग) – विद्युतीय सुशासन प्रणाली र प्रविधियुक्त पालिका बनाउने अभियानमा लाग्न राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लले आग्रह गर्नुभयो ।

स्मार्ट पालिकाकाे अवधारणा अनुरुप सोमबार भएको अभिमुखीकरण तथा पुनातार्जगी कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष मल्लले डिजिटल प्रविधिको युगमा विद्युतीय सुशासन प्रणाली र प्रविधियुक्त पालिका बनाउने अभियान रहेको बताउनु भएको हो ।

सेवाग्राहीहरु घरमै बसेर प्रविधिकाे प्रयाेग मार्फत गाउँपालिकाकाे सेवा लिने अवस्था ल्याउन लागिएकाे छौ । यो अभियान सफल बनाउन कर्मचारी, जनप्रतिनिधि, स्थानीय जनताहरु प्रविधिसँग अपडेट हुनुपर्ने उहाँले बताउनुभयो।

कार्यक्रममा गाउँपालिका कर्मचारी, जनप्रतिनिधिहरु र वडा सचिवहरुलाई गाउँपालिकाले तयार गरेको डिजिटल प्रोफाईल, मोबाइल एप्लिकेशनलाई कार्यान्वयन गर्न अभिमुखीकरण तथा पुनर्ताजगी गराएको थियो । सेवा प्रदायक संस्था स्मार्ट पालिका प्रालिका संस्थापक राजानन्द माण्डव्यले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।

गाउँपालिकाले तयार गरेकाे विद्युतीय सुशासन प्रणाली पूर्ण रुपमा कार्यान्वयन हुँदासम्म विभिन्न दर्ता चलानीदेखि सिफारिस समेत सेवाग्राहीले अनलाइन मार्फत नै प्राप्त गर्न सक्नेछ । घटना दर्तादेखि कर तथा राजस्व तिर्ने व्यवस्था पनि अनलाइन मार्फत हुनेछ ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङ, प्रशासकीय प्रमुख देबचन्द्र गर्तौला, ३ नम्बर वडाध्यक्ष उत्तम वाइबा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*