भारतले उचाल्यो, एसिया कप क्रिकेटको उपाधि

तामसालिङ खबर
१ आश्विन २०८०, सोमबार ०७:३२

असोज, काठमाडाैँ – भारतले एसिया कप २०२३ को फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै उपाधि जितेको छ । यो सँगै भारतले एसिया कप आठौं पटक जितेको हो ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको श्रीलंका १६ ओभरमै अलआउट हुँदै ५० रनमा समेटिएको थियो । जसलाई भारतले ६.१ ओभर खेल्दै भेट्टाएको हो । भारतका शुभमन गिल १९ बलमा ६ चौकासहित २७ रनमा नटआउट रहे । ईशान किशन १८ बलमा ३ चौकासहित २२ रनमा नटआउट रहे ।

कोलम्बोस्थित प्रेमादसा रंगशालामा जारी खेलको टस जितेर ब्याटिङमा आएको घरेलु टिम १५.२ ओभरमा ५० रनमै समेटिएको थियाे । घरेलु टिमलाई सस्तैमा समेट्न भारतका सिराजले ६ विकेट लिए । सात ओभर बलिङ गरेका सिराजले एक मेडन राख्दै २१ रन खर्चिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सिराजको यो अहिलेसम्मकै उत्कृष्ट स्पेल हो । यसअघि उनले ३२ रन खर्चेर चार विकेट लिएका थिए।

श्रीलंकाविरुद्ध सिराजले चौथो ओभरमा चार, छैटौँ ओभर र १२औँ ओभरमा समान एक विकेट लिएका थिए। यसबाहेक, हार्दिक पन्ड्याले तीन विकेट लिँदा जसप्रित बुमराह एक विकेट लिए ।

भारतीय बलरसामु निरीह देखिएका श्रीलंकाका कुनै पनि ब्याटर खुलेर खेल्न सकेनन् । कुशल मेन्डिसले १७ रन र दुसन हेमान्थाले १३ रन जोड्नु नै श्रीलंकन ब्याटरबाट बनेको दोहोरो अंकको रन बन्यो । श्रीलंकाका चार ब्याटर शून्यमा आउट भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*