पल्लव मिस्टर थाहा र अज्मी मिस थाहा घोषित

तामसालिङ खबर
३१ भाद्र २०८०, आईतवार ०५:३८

भदौ, हेटौडा (थाहा नगर) – पर्यटकीय नगरी थाहा नगरमा भएको प्रथम मिस्टर एन्ड मिस थाहाको उपाधी पल्लव खत्री र अज्मि भोम्जनले हात पारेका छ । शनिबार साझ पालुङ जेसिजको सभाहलमा सम्पन्न फाइनलमा खत्री मिस्टर थाहा र भोम्जन मिस थाहा घोषित भएका हुन।

मिस्टर थाहा अन्तर्गत फस्ट रनर अप नवीन सुनार र सेकेन्ड रनर अप दिप्सन खत्री हुदा मिस थाहा अन्तर्गत फस्ट रनर अप विस्मिता गोपाली र सेकेन्ड रनर अप निकिता गोपाली हुन सफल भएको थियो ।

प्रतियोगितामा मिस थाहा तर्फ ब्रान्ड एम्बेसडरको उपाधी सिम्रन कार्कीले हात पार्दा मिस्टर थाहा तर्फको ब्रान्ड एम्बेसडरको उपाधी सविन बिश्वकर्मा हुन सफल भए।

थ्रि ब्रदर्श फोटोग्राफीको आयोजनामा भएको मिस्टर एण्ड मिस थाहा साैन्दर्य प्रतियोगिताको फाइनलमा कलाकार सलोन बस्नेत सहित थाहाका कोरियोग्राफर बिजयश्याम अमात्य, मोडल तथा कोरियोग्राफर एलिना गुरुङ, मोडल सेन्जल पौडेल, फेसन मेनिया ब्रान्ड एम्बेसडर सुस्मिता श्रेष्ठ निर्णायकको रूपमा रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*