मकवानपुरका ५ सय ७५ जना शिक्षक सम्मानित

तामसालिङ खबर
३१ भाद्र २०८०, आईतवार ०६:४५

भदौ, हेटौंडा – मकवानपुरका ५ सय ७५ जना शिक्षक सम्मानित भएको छ। २०७९ सालको एसइई परीक्षामा जीपीए ए प्लस र ए ल्याउने विषयगत शिक्षकलाई विषयगत शिक्षक संयुक्त सञ्जालले शनिबार एक कार्यक्रमका बीच सम्मान गरेको हो।

विषयगत सञ्जालका संयोजक धनिकलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।

विषयगत शिक्षक संयुक्त सञ्जाल मकवानपुरमा सोसल स्टडिज टिचर्स एशोसियसन नेपाल मकवानपुर, विज्ञान शिक्षक संघ नेपाल मकवानपुर, नेल्टा मकवानपुर, गणित शिक्षा परिषद मकवानपुर, नेपाली भाषा शिक्षक समिति मकवानपुर रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*