जनता माझ जान कार्यकर्तालाई निर्देशन

‘जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’
तामसालिङ खबर
१२ भाद्र २०८०, मंगलवार २२:२१

भदौ, हेटौंडा – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा बागमती प्रदेश इन्चार्ज जनार्दन शर्मा प्रभाकरले आगामी १६ भदौदेखि सुरु गर्न लागेको ‘जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’ तीन महिने कक्षाको रुपमा लिइएको बताएका छन। जिल्ला समन्वय समिति मकवानपुरको हेटौंडामा भएको पूर्ण बैठकलाई सम्बोधन गर्दै जनता साथमा भएमात्रै माओवादी अगाडि बढ्न सक्ने स्पष्ट पारे ।

“शान्ति प्रक्रियामा गएपछिको यो अभियान पहिलो कक्षा हो, अहिले हामी पहिलो सेमेष्टमा जादै छौं,” उनले भने । तीनमहिने अभियानले माओवादीको संगठनहरूलाई ‘सर्भिसिङ’ गर्ने उनले बताए । माओवादी पार्टी जनतासँग जोडिएर जानुपर्नेमा जोड दिर्दै उनले कार्यकर्ताहरुलाई जनता माझमा जान निर्देशन दिए ।

विधिमा बसेर संस्थागत पार्टी चलाउनुपर्छ, उनले भने “नयाँ ढंगले पार्टी बढाउन अहिले अभियान सुरु गर्न लागेका छौं, क्षमता बृद्धि गर्न जनताको बिचमा जानुपर्छ । निर्वाचित कमिटी बनाएर पार्टी अगाडि बढाउने बताउँदै उनले कसैले नहार्नेगरी कमिटी बनाउँछौं, सानो कमिटी हुन्छ, समावेशीपनि बनाउँछौं, उनले थपे । प्रविधिको प्रयोग गर्न सक्ने क्षमता पार्टीमा हुनुपर्नेमा जोड दिर्दै उनले कार्यकर्ताहरुलाई प्रविधिमैत्री बन्न निर्देशन दिए ।

नेपाली समाज मिश्रित छ, एकले अर्कोको भाषा, संस्कृतिको सम्मान गर्दै एक अर्कालाई सम्मान गर्नुपर्छ, उनले भने “सामुहिक लोकतान्त्रिक संस्कृतिको विकास गर्नुपर्छ ।”सामाजिक न्याय, सुशासन, सामाजिक सुरक्षा, सुन तस्करीको मुद्दा सम्बन्धि सरकारले गरेका बिषय जनतामा लैजानुपर्नेमा उनले जोड दिए।

त्यस्तै माओवादी केन्द्र बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले पार्टीभित्र प्रमुख अतिथी भएर मान मनितो नखाने घोषणा गर्दै जनतासँग घुलमिल हुने जनताको समस्या समाधानको लागि पहल गर्ने बताए । औपचारिक कार्यक्रमहरुमा आसनग्रहण पनि तोडेर सृजनात्मक कामहरुमा जोडदिने सुझाव दिए । उनले माओवादी कार्यकर्तालाई भने–“अब तपाईहरुले पार्टी, नेतृत्व र सरकारको होईन, जनता र आफ्नो कार्यक्षेत्र परेको वडाको चिन्ता गर्नुस् ।”

मओवादी केन्द्र मकवानपुरका संयोजक सर्केश घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु, प्रदेश, जिल्ला र वडाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रम जिल्ला सचिव भिम पाख्रिनले सञ्चालन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*