माओवादी केन्द्र मनहरीको जिम्बाले गरे पार्टी परित्याग

तामसालिङ खबर
१७ भाद्र २०८०, आईतवार ०७:०६

भदौ, हेटौडा (मनहरी) – नेकपा माओवादी केन्द्रको जनता संग माओवादी तिन महिने रुपान्तरण अभियानको उद्घाटन चलिरहदा मनहरी गाउँपालिका १ नम्बर वडा कमिटी अध्यक्षले राजिनामा दिएको छ।

नेतृत्व भित्र मौलाउँदै गएको बिचलित मानसिकता सत्ता र शक्ति केन्द्रीत सोच पार्टी भित्र मौलाउँदै गएको विभिन्न किसिमका विसंगतीको कारणले अस्थिरता तिर धकेल्न खोज्नु नेतृत्वको भुल भएकोले माओवादी केन्द्र मनहरी गाउँपालिका १ नम्बर वडा कमिटिका अध्यक्ष शिशुकुमार जिम्बाले शनिबार सामाजिक सन्जालमा सार्बजनिक गर्दै राजिनामा घोषणा गरेका छन्।

गलत हर्कतले महान जनयुद्ध र जनयुद्धका महान सहिद प्रतिघोर अपमान गरेकोले अब म दास कार्यकर्ता बन्न मेरो कुनै नैतिकताले दिदैन, तसर्थ यस्ता गम्भीर विधिवत कुराहरुलाइ मध्यनजर गर्दै वडा कमिटी अध्यक्ष, प्रेस सेन्टर मनहरी सचिब र पार्टी साधारण सदस्य नरहने गरि पार्टी परित्याग गरेको जिम्बाले बताउनु भयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*