मिस्टर एण्ड मिस थाहाको अडिसन शुरु

तामसालिङ खबर
१२ भाद्र २०८०, मंगलवार ०६:२२

भदौ, हेटौडा (थाहा नगर) – मकवानपुरको थाहा नगरमा पहिलो पटक मिस्टर एण्ड मिस थाहा ट्यालेन्ट शो प्रतियोगिता शुरु भएको छ । थ्री बोदर्श फोटोग्राफीले प्रतियोगिताको आयोजना गरेको हो। शनिबार प्रतियोगिताको पहिलो अडिशन सम्पन्न भएको छ।

पहिलो अडिशनमा मिस थाहाका लागि ४५ जना र मिस्टर थाहाको लागि ५ जनाले सहभागिता जनाएका छन् । केही सहभागीहरु शनिबार आउन छुटेकोले केही दिनमा सहभागी संख्या थपिन सक्ने आयोजकले जनाएको छ। १० देखि २५ वर्ष उमेर समूहका व्यक्तिहरु सहभागी उक्त प्रतियोगिताको प्रथम अडिशन जेसीज हलमा सम्पन्न भएको हो । पालुङ जेसीजले प्रतियोगिताका लागि हल निःशुल्क रुपमा उपलब्ध गराएकाे छ ।

प्रतियोगिताको फाइनल ३० भदौमा हुनेछ। प्रथम अडिशन सम्पन्न भएसँगै सहभागीहरुलाई व्यक्तित्व तथा क्षमता विकास सम्बन्धी सीपमा सहभागी गराइने आयोजकले जनाएको छ। फाइनलमा सौन्दर्य प्रतियोगिताबाट दुबै तर्फको बिजेता, फस्ट रनर अप, सेकेण्ड रनर अप र ब्राण्ड एम्बेसेडर घोषणा गरिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*