माओवादी केन्द्रका नेताहरू वडा वडामा व्यस्त

तामसालिङ खबर
१२ भाद्र २०८०, मंगलवार ०६:१३

भदौ, काठमाडौँ – प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन सकिएको ९ महिनापछि सत्तारूढ दल माओवादी केन्द्रका नेताहरू वडा-वडामा पुग्न थालेका छन् ।

गत मङ्सिर ४ निर्वाचनमा ३२ सिटमा खुम्चिएको माओवादी ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान लिएर वडा तहमा पुग्न थालेको हो ।

साउन (१७–२१)सम्म राजधानीको कमलादीमा बसेको केन्द्रीय समिति बैठकले तीन महिने अभियानका लागि पदाधिकारीसहित केन्द्रीय समितिहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको थियो । सोही बमोजिम पदाधिकारी, स्थायी कमिटी, केन्द्रीय कमिटी र प्रदेश कमिटी सदस्यहरूको कार्य विभाजन टुङ्ग्याएर वडा वडामा खटाइएको छ ।

भदौ १६ गते प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डले अभियानको भव्य समारोहबीच ७५३ वटै पालिकामा एकसाथ उद्घाटन गर्ने तयारी गरेको छ । अहिले ६ हजार ७४३ वटै वडामा अभियानलाई सञ्चालन गर्ने विषयमा कार्यक्रम भइरहेको सचिव गणेश साहले जानकारी दिए ।

पार्टीका पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्यहरूलाई ७५३ पालिकामध्ये कम्तीमा एउटा वडा हेर्ने गरी जिम्मेवारी तोकिएको छ । बाँकी वडामा प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरूलाई खटाउने निर्णय गरेको छ । त्यस्तै पार्टीका केन्द्रीय निकायका पदाधिकारी, सदस्यहरू, विभागका सदस्यहरू, जन वर्गीय सङ्गठन सबैलाई अभियानमा पठाउने निर्णय गरेको छ । २५ लाख जनताको घरमा पुग्ने माओवादीले लक्ष्य राखेको छ । रातोपाटी बाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*