राक्सिराङका जनप्रतिनिधि र कर्मचारीका लागि सीप विकास कार्यशाला

तामसालिङ खबर
१० भाद्र २०८०, आईतवार १०:३६

भदौ, हेटौडा (राक्सिराङ) – राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका लागि तीन दिने सीप विकास कार्यशाला सम्पन्न भएको छ । मकवानपुरमा सुरक्षित स्थानागमन प्रबर्द्धन परियोजना अन्तर्गत नारी सीप सृजना केन्द्र हेटौँडको आयोजना र एडब्लुओ इन्टरनेशनल तथा बिएमजेडको सहकार्यमा कार्यशाला भएको हो ।

सौराहामा आयोजित कार्यशालामा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङ, प्रमुख प्रशासकिय अधिकृत देवचन्द्र गर्तौला, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायत कर्मचारीहरु सहभागी थिए ।

कार्यशालामा स्थानीय तह संस्थागत स्व-मुल्यांकन प्रणाली, बालबालिका, महिला तथा अल्पसंख्यक समुदायको सवाल, बसाँइसराई, शिक्षा, स्वास्थ्य लगायतको अवस्थाबारे बिश्लेषण तथा छलफल गरिएको थियो ।

विभिन्न ऐन तथा कार्यविधिबारे छलफल गर्दै बजेट निर्माणमा सहजताका लागि बिशेष अनुदान, समपुरक बजेट, सहलगानी, भगिनी सम्बन्धबारे सहजीकरण गरिएको थियो ।

कार्यक्रममा बिषयबिज्ञका रुपमा नुरजंग शाहले सहजीकरण गर्नुभएको हो । गाउँपालिका अध्यक्ष मल्लले धेरै बिषयमा प्रस्ट हुने मौका पाएको बताउनुभयो। थुप्रै बिषयमा जानकारी नहुनाले समस्या पर्ने गरेको बताउँदै उहाँले विभिन्न ऐन तथा कार्यविधि निर्माण, बजेट निर्माणलगायतमा अब सहज हुने बताउनुभयो।

प्रमुख प्रशासकिय अधिकृत गर्तौलाले उत्कृष्ट कार्य गरिरहेपनि सहि तरिकाले तथ्यांक लगायत कागजातहरु ब्यवस्थित नहुदाँ कार्यसम्पादन नै कमजोर देखिने गरेको बताउँदै अब सुधार गरिने प्रतिबद्धता जनाउनुभयो ।

नारी सीप सृजना केन्द्रकी अध्यक्ष सरस्वति बर्तौलाले समाज परिवर्तनका लागि निररन्तर सहकार्य हुनुपर्ने जोड दिनुभयो । उहाँले राक्सिराङमा लामो समयदेखि विभिन्न परियोजना सञ्चालन गर्दै आएकोमा स्थानीय सरकारको सहभागीता र अपनत्व पर्याप्त हुनुपर्ने बताउनुभयो । कार्यक्रममा केन्द्रकी कोषाध्यक्ष रेनु गुरुङ, फिल्ड संयोजक गीता अर्याल, पत्रकार ज्ञानेन्द्र तामाङ लगायतको सहभागीता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*