अनधिकृत ब्यक्तिले वन समूहको चेक चोरेर २५ लाख झिकेपछि… (भिडियो सहित)
भदौ, हेटौँडा (मनहरी) – मनहरी गाउँपालिकाको एक सामुदायिक वन उपभोक्ता समितिको चेक चोरी भएको छ। मनहरी गाउँपालिका वडा नम्बर ६ सिस्नेरीपाखा सामुदायिक वन उपभोक्ता समूहको चेक चोरी गरी २५ लाख रुपैयाँ अनधिकृत व्यक्तिले झिकेको तथ्य सार्वजनिक भएको हो ।
सोमबार हेटौडामा पत्रकार सम्मेलन गर्दै समूहका अध्यक्ष शिबकुमार बिकले, डिपार्टमा रहेको दिदीबहिनी होटलका सञ्चालक लालकुमार थिङले समूहको चेक चोरी गरि हेटौंडा स्थित राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १३००१००००२४६५००१ बाट २५ लाख रुपैयाँ आफ्नो खाता रहेको कामना सेवा विकास बैंकमा ४९१४१००५५३८७७०००००१ मा रकम ट्रान्सफर गरेको बताउनु भयो । गत माघ १४ गते खाजा खान उक्त होटलमा गएका बेला थिङले चेक चोरी गरिएको थियो ।
डिभिजन वन कार्यालय मनहरीबाट काठे पुल र वन्यजन्तुका लागि कुवा निर्माण गर्न प्राप्त भएको रकम रहेको खाताबाट पैसा झिक्नका लागि भनेर छाप लगाएर हस्ताक्षर गरिराखेको चेक थिङले चोरी गरेको समूहको अध्यक्ष बिकले बताउनुभयो ।
जिल्ला र इलाका प्रहरीको समन्वयमा पैसा फिर्ता गर्ने मौखिक सहमति भएपनि पैसा फिर्ता नभएपछि वन समूहले गत चैत ५ गते प्रहरीमा चोरी मुद्दा दर्ता गरेको थियो । फागुन २० गतेसम्म पैसा फिर्ता गर्न सहमत भएका थिङले पछि भने उल्टै अश्लील शब्द प्रयोग गरी तिमीहरुलाई फसाइसके र अब मान्छे लगाइ ज्यान मार्ने भनी धम्की दिएको उनले बताए ।
भिडियो हेर्नुहोस् –