सञ्चालनमा आयो, ‘दरबार एग्रोमार्ट’

तामसालिङ खबर
२ भाद्र २०८०, शनिबार १९:०३

भदौ, हेटौंडा – हेटौंडा -४ स्थित शितलमहल चोकको पुर्बी पट्टि ‘दरबार एग्रोमार्ट’ सञ्चालनमा आएको छ । शनिवार बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले एग्रोमार्टको उद्धाघटन गरेका हुन् ।

‘दरबार एग्रोमार्ट’ सञ्चालनमा आए सँगै अब फलफुल, जुस, तरकारीहरु, फलफुल लगायत स्थानीय रैथाने बालीका उत्पादनहरु बिक्रि हुने भएको छ ।

एग्रोमामर्टका सञ्चालक सुरज लामाले मकावनपुरको विभिन्न स्थानमा उत्पादन गरिएका फलफुल उपभोक्तालाई सस्तो दरमा बिक्रि गर्ने उदेश्यका साथ एग्रोमार्ट सञ्चालनमा ल्याएको बताउनु भयो । उनले उत्पादनमा जोडिएका स्थानीयहरुलाई बजारीकरण कसरी गर्ने भन्ने समस्याको समाधान गर्न पनि एग्रोमार्टले काम गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*