शिक्षक महासंघ थाहा नगरद्वारा नगरपालिकामा धर्ना
साउन, हेटौडा (थाहा नगर) – प्रस्तावित विद्यालय शिक्षा ऐनका विभिन्न बुँदा र केही व्यवस्थाहरूको विरुद्धमा नेपाल शिक्षक महासंघको आह्वानमा आइतबार थाहा नगरपालिकाको कार्यालयमा विरोधको आयोजना गरिएको छ।
थाहा नगर शिक्षक महासंघले शिक्षकहरूको माग सम्बोधन नगरे अनिश्चितकालीन विद्यालय बन्द हुने समेत चेतावनी दिँदै आइतबारदेखि पहिलो चरणको आन्दोलनको कार्यक्रम सुरु गरेसंगै थाहा नगरपालिकाको कार्यालय परिसरमा दबाबमुलक कार्यक्रम गरेको हो ।
विद्यालय शिक्षा विधेयक नसच्याई संसदमा लगेमा अनिश्चितकालीन विद्यालय बन्द गरी आन्दोलन गर्ने चेतावनी दिएको महासंघले पहिलो चरणमा देशभरका स्थानीय तहमा पुगेर दबाबमूलक कार्यक्रमहरूको आयोजना गरेको शिक्षक महासंघ थाहा नगरका अध्यक्ष राजाराम कार्कीले बताए।
अध्यक्ष कार्कीका अनुसार पहिलो चरण अन्तर्गत आइतबार देशका हरेकमा स्थानीय तहका कार्यालयमा शिक्षक/कर्मचारी उपस्थित भइ धर्ना दिने कार्यक्रमको आयोजना गरेको बताउदै गरेको बताउनु भयो।
धर्ना कार्यक्रममा विभिन्न पेशागत शिक्षक संघसंगठनका प्रतिनिधि,शिक्षक ,बालबिकास सहजकर्ता लगायतका उपस्तिथि रह्र्को थियो भने धर्ना कार्यक्रम लाई थाहा नगर शिक्षक महासंघका सचिव गणेशमान श्रेष्ठले संचालन गर्नुभएको थियो।
पहिलो चरणको आन्दोलनबाट आफूहरूको मागको सुनुवाइ नभएमा दोस्रो चरणको आन्दोलन सुरु हुने र त्यो काठमाडौं केन्द्रित गर्ने महासंघको तयारी छ। महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीका अनुसार दोस्रो चरणमा नयाँ सङ्घीय शिक्षा संसदमा दर्ता भएको पाँचौँ दिनबाट देशभरिका शिक्षक तथा कर्मचारी उपस्थित भई काठमाडौँमा लगातार वृहत् विरोध प्रदर्शन गर्ने तयारी छ।