हेटौंडा बजारको घर टहरा तत्काल नभत्किने

तामसालिङ खबर
१५ श्रावण २०८०, सोमबार २१:५७

साउन, हेटौंडा – पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको हेटौंडाको दायाँबायाँ २५/२५ गज भित्र पर्ने घर, टहरा संरचना हटाउन सडक डिभिजन कार्यालय हेटौंडाले दिएको समय अवधि आजबाट सकिएको छ ।

कार्यालयले गत असार १० गते राजमार्गको हेटौंडा-१५ रातोमाटेबाट बुद्धचोक हुँदै राप्तीपुलसम्मको दायाँबायाँ सडक २५/२५ गजभित्र पर्ने संरचना हटाउन सूचना जारी गरेको थियो । सो समय सीमा आजबाट सकिएको हो ।

कार्यालयले भोलि साउन १६ गते मंगलबारबाट २५ गजभित्रको संरचना हटाउने तयारी गरेकोमा तत्कालको लागि रोकिने भएको छ । कार्यालयका प्रमुख राजेशकुमार यादवले सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशको कारण भोलिबाट सडक विस्तार सुरु गर्ने भनिएकोमा रोकिने बताए ।

उनले केही घरधनीले सर्वोच्चमा दिएको रिट र सर्वोच्चले छलफलका लागि बोलाएका कारण सडक विस्तार सुरु गर्ने कार्य प्रभावित हुने देखिएको बताए । उनले भोलि नै सर्वोच्चमा छलफल पछि आउने निष्कर्षले सडक विस्तार कार्य अघि बढ्ने नबढ्ने टुंगो लाग्ने समेत बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*