‘ओ पेङदोर्जे’ कविता संग्रह हेटौडामा शनिबार वाचनको हुने

तामसालिङ खबर
२२ असार २०८०, शुक्रबार १०:४०

असार, हेटौंडा – बागमती प्रदेश राजधानी हेटौंडामा सन्चारकर्मी तथा कवि राजु स्याङ्तानको कविता संग्रह ‘ओ पेङदोर्जे’ हेटौंडामा भोलि शनिबार वाचन हुने भएको छ।

‘ओ पेङदोर्जे’ कविता संग्रह लिएर देशभरको विभिन्न जिल्लामा ‘कविता यात्रा’ को अभियानमा निस्केका स्याङ्गतानको भोलि शनिबार हेटौडाको पल्पसा प्याराडाइज (सदन) मा सांगीतिक वाचन सहित अन्तरक्रिया हुने भएको हो ।

नेपाल तामाङ घेदुङ बागमती प्रदेशको आयोजना तथा जिल्ला घेदुङको ब्यबस्थापनमा कार्यक्रमको तयारी पुरा भएको जानकारी दिनु हुँदै साहित्यमा रुचि चासो लिनुहुने सम्पूर्ण जिल्लाबसीलाई सहभागीता जनाउन तामाङ घेदुङ्ग बागमती प्रदेश समिति अध्यक्ष लिलाकुमार घलानले अनुरोध गर्नु भएको छ।

‘कार्यक्रम दुई चरणमा हुने छ’ । पहिलो चरणमा कविता संग्रहमाथि चर्चा हुने छ । दोस्रो चरणमा कविता वाचन गर्ने गरी तयारी भएको छ ।’, दिउसो २ बजेपछि शुरु हुने उक्त कार्यक्रममा प्रवेश नि:शुल्क रहेको अध्यक्ष घलानले जानकारी दिनु भयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*