बजारीकरणको लागि काेदाेको पिठाे सार्वजनिक

तामसालिङ खबर
१६ असार २०८०, शनिबार ०९:२७

असार, हेटौडा (मकवानपुर गढी) – मकवानपुर गढी गाउँपालिकाले रैथानेबालीको प्रबर्द्धन गर्दै आएको कोदोको पिठो बजारीकरणको लागि सार्बजनिक गरेको छ ।

२० औ राष्ट्रिय धान दिवसको अवसरमा शुक्रबार पालिका अध्यक्ष दोर्जे लामा स्याङ्गतानले कालीखाेला काेदाे पिठाे बजारीकरणका लागि सार्बजनिक गर्नुभएकाे हो ।

संघीय सशर्त रैथानेबाली प्रबर्द्धन कार्यक्रम अन्तर्गत मकवानपुरगढी गाउँपालिकाकाे सहयाेगमा ४ नम्बर वडा स्थित अपाङ तथा विपन्न कृषि सहकारी संस्था मार्फत काेदाे संकलन, भण्डारण, प्रशाेधन, लेबलिङ, प्याकेजिङ र बजारीकरणकाे कार्य गर्ने कालीखाेला काेदाे ब्रान्डकाे काेदाेको पिठाे एक केजीकाे प्याकेजिङमा बजारीकरणकाे लागि सार्बजनिक गरिएको छ। उक्त पिठोको प्रति केजी १ सय रूपैया ताेकिएकाे छ ।

देशभर थाेक बिक्रेता, खुद्रा बिक्रेताहरूले मकवानपुरगढीमा उत्पादित गुणस्तरीय कालीखाेला काेदाेकाे पिठाेकाे लागि अर्डर गर्न सक्ने पालिकाको कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिनु भयो। अब बजारमा उपलब्ध हुने समेत बताउनुभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*