नारायणगढ मुग्लिन सडक खण्ड खुल्ला
असार, चितवन – बिहीबार मध्यान्हबाट अवरूद्ध नारायणगढ-मुग्लिन सडक खण्ड पुन: सञ्चालनमा आएको छ। सो सडकको इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा बिहीबार दिउँसो १ बजे पहिरो खसेपछि सडक अवरूद्ध भएको थियो।
अवरूद्ध सडक खण्ड केहीबेर अघि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेलका अनुसार आज बिहान ८ः३० बजेदेखि दुवै तर्फबाट पहिरो पन्छाउने काम भइरहेको थियो।
सुक्खा पहिरो निरन्तर खसेपछि पन्छाउने काम गर्न सकिएको थिएन। ढुङ्गा खस्ने क्रम कम भएसँगै आज बिहानबाट पहिरो पन्छाउन थालिएको थियो।