माल्टामा माओवादी केन्द्र निकट जनप्रगतिशील मञ्च गठन, संयोजकमा अधिकारी र सचिवमा लोप्चन

तामसालिङ खबर
१५ असार २०८०, शुक्रबार १५:१०

असार, काठमाडौ – नेकपा (माओवादी केन्द्र) निकट प्रवास भातृ संगठन माल्टामा समेत विस्तार भएको छ । प्रवास संगठन अन्तर्गत जनप्रगतिशील मञ्च माल्टा गठन भएको हो ।

बुधबार जनप्रगतिशील मञ्च युएईका युवा संयोजक तथा एनआरएनका सचीव राजेन्द्र रोस्याराको प्रमुख आतिथ्यमा बसेको बैठकले नारायण प्रसाद अधिकारीको संयोजकत्वमा १४ सदस्यीय कमिटी गठन गरिएका छन् ।

बैठकले अशिम लोप्चन तामाङलाई सचिवको जिम्मेवारी दिइएको छ भने सदस्यहरुमा बिक्रम अधिकारी, अर्जुन न्यौपाने, बिनय बुढाथोकी, दिनेश नागरी, सुरेन पाठक, अम्बिका सापकोटा अधिकारी, बिष्णु चापागाईं, सरोज सुवेदी, राम पन्थी, बिपिन मल्ल, रुद्र कार्की र अशुन दर्लामी रहेका छन् ।

सचिव लोप्चनका अनुसार गठित यो कमिटीले ६ महिनाभित्र अधिवेशन गरि सक्नु पर्नेछ । त्यस्तै उनले माल्टामा विभिन्न पेशा व्यवसाय गरेर बसोबास गर्ने माओवादी केन्द्रप्रति आस्थावान व्यक्तिहरुलाई संगठनमा आवद्ध गराउने योजना रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*