स्वदेशमै सीप सिकेर आत्मनिर्भर बनाउने र वैदेशिक पलायन रोक्ने – अध्यक्ष घलान
असार, हेटौडा (बागमती) – बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले पालिकाको युवालाई यस्तो तालिमले आत्मनिर्भर बनाउन र वैदेशिक पलायन रोक्न सकिने बताउनुभयो ।
बागमती गाउँपालिकाको आयोजनामा सञ्चालन भएको ६७ दिने आधारभूत व्युटीपार्लर तालिमको समापन कार्यक्रममा बोल्नु हुँदै उहाँले अब युवालाई बैदेशिक पलायन रोक्न स्वदेश मै आत्मनिर्भर बनाउने बताउनु भएको हो।
गाउँलाई शहर बनाएर गाउँको युवालाई गाउँमै रोक्ने अभियान चलाइरहेको बताउनुभयो । युवाहरुलाई सीप सिकाएर स्वरोजगार बनाउनको लागि उनिहरुको ईच्छा अनुसारको तालिम दिने र तालिम पछी स्वरोजगार बनाएर गाउँमा नै बसाउन कार्यक्रम ल्याइने बताउनु भयो ।
त्यस्तै, पालिका उपाध्यक्ष फणिन्द्र तिमल्सिनाले तालिमबाट केही भएपनि आत्मनिर्भर बन्न मद्दत पुग्ने बताउनुभयो । पालिकाले नयाँ उद्यमी सिर्जना गर्न तालिम आयोजना गरेको बताउनुभयो ।
यस्तै गरि ३ नम्बर वडाध्यक्ष कमानसिंह पाख्रिनले तालिमले जीविकोपार्जनका लागि सहज हुने बताउनुभयो । शिक्षालाई सीपमा जोडेर जीवनोपयोगी बनाएर आत्मनिर्भर बन्नुपर्ने उहाँको भनाई छ। यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानले तालिममा सिकेका सीपलाई प्रयोग गरेर लाभलिन आग्रह गर्नुभयो।
तालिममा सहभागी मध्ये उत्कृष्ट प्रशिक्षार्थीको रुपमा दीपा राउत र अनुशासित प्रशिक्षार्थीमा सरस्वती विक र उमा मोक्तानलाई सम्मानगरिएको छ । पालिकाको आयोजना र हेटौँडा २ स्थित सुष्माज व्युटी पार्लरको व्यवस्थापनमा गत चैत २९ गतेदेखि असार ७ गतेसम्म तालिम आयोजना भएको थियो । तालिममा बागमती गाउँपालिकाका २० जना महिलाको सहभागिता रहेको थियो । तालिममा सुस्मा थापा मगर, कुमारी तितुङ र अन्जु तुम्सिङले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा पालिकाका रोजगार संयोजक नागेन्द्र महतो, प्राविधिक दिनेश बानियाँ लगायतको उपस्थिति रहेको थियो ।