मकवानपुरगढीमा केराको परिकार बनाउने तालिम

तामसालिङ खबर
११ असार २०८०, सोमबार ०६:२७

असार, हेटौडा (मकवानपुर गढी) – मकवानपुरगढी गाउँपालिकाको ४ नम्बर वडामा केराको परिकार बनाउने तालिम भएको छ।

पालिकाको कृषि विकास शाखाको प्राविधिक सहयोगमा तारा रेष्टुरेन्ट एण्ड होमस्टे, मनकामनामा केराको परिकार बनाउने तालिम भएको छ ।

केराको परिकार बनाउने तालिममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडाका खाद्य अनुसन्धान अधिकृत बिक्रम लिम्बुले प्रशिक्षण दिनुभएको गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो ।

१५ जनाको सहभागिता रहेको तालिममा केराको म:म , केराको चिप्स, केराको तितौरा लगायतका आइटमहरु बनाउन सिकाइएको छ । तालिमबाट सिकेका सीप अगामी दिनमा मनकामना मन्दिर घुम्न आउने आगन्तुकहरुले केराको नयाँ स्वाद लिन पाउने कृषि प्रमुख चौधरीको भनाई रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*