बागमतीको गढनमा १० दिने कपाल काट्ने तालिम सम्पन्न

तामसालिङ खबर
९ असार २०८०, शनिबार ०७:०४

असार, हेटौडा (बागमती) – पुर्बी मकवानपुरको बागमती गाउँपालिकाको गढनमा १० दिने कपाल काट्ने तालिम सम्पन्न भएको छ ।

३ नम्बर वडा कार्यालयको आयोजनामा शुक्रबार पुरुषको लागि दिईएकाे १० दिने कपाल काट्ने तालिम सम्पन्न भएको हो। सीप विकास तालिम कार्यक्रम अन्तर्गत गत जेष्ठ ३० गते देखि गढनमा सञ्चालन भएकाे १० दिने कपाल काट्ने तालिम आज समापन गरिएकाे हो ।

वडाका विभिन्न बिद्यालयलयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरि विद्यालयका सहयोगीहरुलाई तालिम दिएकाे वडा अध्यक्ष कमान सिं पाख्रिनले बताउनुभयो ।

भौगोलिक विकट र आर्थिकरुपले विपन्न वडाका युवाहरु बैदेशिक राेजगारी र उच्च शिक्षा हासिल गर्न गाउँ छाड्न बाध्य भएकाले विद्यालय स्तरबाटै सरसफाई हुन कपाल काट्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै विद्यालयका सहयोगीहरुकाे लागि तालिम दिईएको वडा अध्यक्ष पाख्रिनले वताउनुभयाे ।

अब बालबालिकाले निःशुल्क कपाल काट्ने सेवा पाउने र सुविधा सम्पन्न विद्यालयमा अध्ययनरत विद्यार्थी झैं देखिने वडाध्यक्ष पाख्रिनको भनाई छ। वडाका ५ वटा विदयालयका सहयोगीलाई फरक-फरक दिनमा प्रत्येक विदयालयमै पुगि तालिम दिईएकाे प्रशिक्षक विरेन्द्रकुमार पाख्रिनले बताउनु भएकाे छ । तालिममा २ वटा आधारभुत (निमावि) र ३ वटा आधारभुत (प्रावि) गरि ५ जना सहयाेगी प्रशिक्षार्थिहरुकाे सहभागिता रहेकाे थियाे ।तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण-पत्र र सैलुन सामग्री समेत वितरण गरिएकाे थियाे ।

समापन कार्यक्रममा वडा अध्यक्ष कमान सिं पाख्रिन, वडा सदस्यहरु भगवती माझी, तुलबहादुर मुक्तान, पुर्व वडाअध्यक्ष बलबहादुर पाख्रिन, बागमती गाउँपालिका राेजगार संयाेजक नगेन्द्र महताे, राेजगार सहायक सुरेश पाख्रिन लगाएतकाे उपस्थिती रहेकाे थियाे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*