दोस्रो विजय युथ गोल्डकप असार ५ गतेबाट शुरु हुने
असार, हेटौंडा – यहि असार ५ गतेबाट हेटौंडामा दोस्रो विजय यूथ गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । शनिबार पत्रकार सम्मेलनको गर्दै पिप्ले क्याम्पा रंगशालामा यहि असार ५ गतेदेखि १५ गतेसम्म हुने गोल्डकप फुटबल प्रतियोगिता हुने भएको हो।
प्रतियोगितामा विजेताले २ लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा १६ वटा टिमको सहभागीता रहने आयोजकले जनाएको छ।
प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी, विजय यूथ क्लव, हटिया भेट्रान्स क्लव, ढल्केजोवान एफसी, रिगल हेटौंडा रिसोर्ट मकवानपुर, नागस्वती एफसी, पदमपोखरी युनाइटेड, हर्नामाडी यूथ क्लव, एफसी विजय यूथ, अग्रसर यूथ क्लव, समाजकल्याण एफसी, बागमती प्रदेश प्रहरी गण, चाइना पब्लिक यूथ क्लव, चौकीटोल यूथ क्लव, पशुपति युवा क्लव, हेटौंडा फुटबल एकेडेमी ए लगायतको सहभागिता रहने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँ र उपविजेतालाई नगद १ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई ५ लाख बराबरको बीमा र नगद १० हजार, विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी र प्रत्येक खेलको म्यान अफ द म्याचलाई पुरस्कार समेत प्रदान गरिनेछ।
हेटौंडा ५ पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेल एफसी विजय यूथ र अग्रसर यूथ क्लवबीच हुनेछ । प्रतियोगिता सञ्चालनको लागि करिव १३ लाख रुपैयाँ लाग्ने आयोजकले जनाएको छ ।