साना किसान मनहरीको रजत जयन्तिमा आधुनिक सभाहल उद्घाटन (फोटो फिचर सहित)

तामसालिङ खबर
२६ जेष्ठ २०८०, शुक्रबार २२:५५

जेठ, हेटौडा (मनहरी) – साना किसान सहकारी संस्था लिमिटेड मनहरीले २५ औं बर्ष पुरा गरेको रजत जयन्तिको अबसरमा आधुनिक सभाहल उद्घाटन गरिएको छ । सप्ताहब्यापी कार्यक्रम अन्तर्गत शुक्रबार मनहरी ८ सिम्पानी स्थित मुख्य कार्यालयमा बनेको आधुनिक सभाहल उद्घाटन गरिएको हो।

संस्थाकी अध्यक्ष बिमला कार्कीको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रिय संघका अध्यक्ष तथा राष्ट्रिय सहकारीका केन्द्रिय सदस्य खेमबहादुर पाठकको प्रमुख आतिथ्यतामा भएको थियो।

संघका अध्यक्ष पाठकले उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै, पछिल्लो समयमा केहि समूहले सहकारी, लघुवित्तको ऋण मिनाहाको बहानामा साना ऋणीहरुलाई उचालेर आफ्नो ठुलो ऋण मिनाहाको लागि केहि अराजक तत्वहरु लागिरहेको छ। यस्तो बेला त्यो सहकारी, लघुवित्त बन्द हुने अवस्थामा पुगेको छ। तर साना किसान सहकारी त्यस्तो अबस्था नभएपनि सजग हुनु जरुरी रहेको बताउनुभयो।

जहाँ सुशासन कायम भएको छैन, शेयर सदस्यलाई सहकारीबारे ज्ञान नभएको त्यो ठाउमा सहकारी तहसनहस भएको छ । अब किसानको बारीमा उत्पादित तरकारी फलफुलहरु भाटभटेनी, बिग मार्केट संग सिधा व्यापारको लागि छलफल गर्दै छौ उहाले भन्नु भयो। साना किसानको माग देशभर चुलिदो छ, अहिले स्थानीय सरकारका जनप्रतिनिधिहरु साना किसानको कार्यक्रम माग गर्न संघीय सरकार सम्म पुग्ने गरेको छ। सरकारको नीति कार्यक्रम अनुसार अब ऋण लिने किसानको ऋण बिमा गरिने भएको छ। हाम्रो बर्षौले देखिको माग अहिले सरकारले अघि बढाएको समेत बताउनुभयो।

त्यस्तै, मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले मकवानपुरको ग्रामिण क्षेत्रमा साना किसान सहकारीले अग्रणी भूमिका निर्बाह गरेकोमा प्रंशसा गर्नु भयो। किसानहरुको लागि २५ बर्ष देखि लागि लडेको यो संस्थाले गर्दा धेरैको जीवनस्तर उकास्न सफल भएको छ। शेयर सदस्यहरुको लागि मात्र नभई अरु साना किसानलाई ठुलो किसान बनाउन समेत आग्रह गर्नुभयो। पालिका साना किसान सहकारीसंग निरन्तर साथ सहयोग आगामी दिनमा पनि रहने उहाँको भनाई छ।

संस्थाको सस्थापक अध्यक्ष एवम् निबर्तमान मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले कार्ययोजना बनाई आगामी ५ बर्ष भित्रमा १ सय करोडको कारोबार हुने संस्थाको रुपमा दर्ज हुनुपर्ने बताउनु भयो। हिजोको परम्परागत कृषिलाई बढाएर हुँदैन, कृषिलाई व्यवसायीकरण गराउदै आधुनिकीकरण तर्फ बढाउदै अब सहकारीको ठुलो गोदाम घर बनाउनु पर्छ । जहाँ किसानहरुको कृषि अन्नबालि, तरकारीहरु जम्मा गर्दै उचित मुल्यमा बिक्रीवितरण गरि सहजता ल्याउनु पर्ने भन्नु भयो।

कार्यक्रममा मनहरी गाउँपालिकाको अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सिता पुलामी मगर, संस्थाको संस्थापक अध्यक्ष एकराज उप्रेतीको आतिथ्यता रहेको थियो। त्यस्तै, साना किसान सहकारी लघुवित्त वित्तीय संस्थाको इलाका प्रबन्धक कृष्ण कुमारी शर्मा, पश्चिम मकवानपुर उद्योग बाणिज्य संघ मनहरीका अध्यक्ष गणेशमान मानन्धर, आमाघर सेवा आश्रमका विजयराज सिग्देल, मनहरी ८ का वडा अध्यक्ष नारायण उप्रेती, ईलाका प्रहरी निरीक्षक कृष्णराज ढकाल, बरिष्ठ लेखा अधिकृत बिष्णुप्रसाद कालाखेती, लेखासमिति संयोजक मातृकाप्रसाद ढुंगाना, संस्थाका उपाध्यक्ष लीलाराम भट्ट, दिब्य ज्योति सहकारीको अध्यक्ष सुजिता कार्की, राष्ट्रिय रोटरी माबिका अध्यक्ष शालिकराम बानिया, साना किसान सहकारी संस्था लिमिटेडका हाँडीखोला, बसामाडी, हटिया, हर्नामाडी, मकवानपुर गढी, भैसे ६ वटा स्थानका अध्यक्ष तथा पदाधिकारीहरुको आतिथ्यता रहेको थियो।

संस्थाले कार्यक्रममा दुग्ध उत्पादन तर्फ सोरिना सुवेदी, एन.एल.एस.आई.पी परियोजना उत्कृष्ट निर्मला सुवेदी, भक्तिमायाँ माझि, लक्ष्मी राई त्यस्तै पशुपालनतर्फ पाडा पालनमा मान बहादुर मोक्तान, बाख्रापालनमा अनिता अर्याल, बिमला थोक्रा र बंगुर पालनमा बिमला स्याङ्बो सम्मानित हुनुभएको छ ।

त्यस्तै उत्कृष्ट कर्जातर्फ सर्वाेत्कृष्ट कारोबारमा सुजिता कार्की, सहुलियत कर्जा सदुपयोगमा सिर्जजना तिमिल्सिना, उत्कृष्ट सदस्यमा नानीछोरी नेपाली, उत्कृष्ट महिला उद्यमीमा लक्ष्मी प्रजा रहनुभएको छ । त्यस्तै तरकारी खेतीतर्फ राममाया अर्याल र कमला राईलाई सम्मान गरिएको हो । संस्थापक अध्यक्ष एकराज उप्रेतीलाई संस्थापक अध्यक्ष सम्मान प्रदान गरिएको थियो भने दिर्घ सेवा सम्मान कर्मचारीतर्फबाट मूख्य प्रबन्धक ज्योती सुवेदी र कार्यालय सहायक विष्णु प्रसान अर्याललाई प्रदान गरिएको    थियो ।

त्यस्तै संस्थापक पूर्व प्रबन्धकमा बिष्णु प्रसाद कालाखेती, निर्मला कडरिया, कर्मचारीहरुमा राममणी पराजुली, गोपाल प्रसाद न्यौपानेलाई सम्मान गरिएको थियो । धेरै अबधि सञ्चालकका तर्फबाट लेखा संयोजक मातृका ढुंगाना र संचालक सदस्य रामकृष्ण उप्रेतीलाई सम्मान गरिएको थियो ।

बिस २०५५ सालमा पूर्ण स्वामित्व लिई स्थापनाकालमा ६ सय ६३ जना शुरुवात गरिएको संस्थामा हाल २ हजार ५ सय ६८ जान शेयर सदस्यहरु रहेको छन्। सहकारीले हाल ५२ करोड ५३ लाख कारोबार गर्दै आएको मुख्य प्रबन्धक ज्योति सुबेदीले बताउनु भयो।

जेठ २१ गते पत्रकार सम्मेलन गरि शुरुभएको सप्ताहब्यापी कार्यक्रम २२ गते विश्व बाताबरण दिवसको अबसरमा वृक्षारोपण, २३ गते रक्तदान, २४ गते गरिबी न्यूनीकरणमा साना किसान सहकारी संस्थाको भूमिका बिषय पालिकाको माध्यमिक तह बिद्यार्थी बीच बक्तृत्वकला प्रतियोगिता, २५ गते आधुनिक प्रबिधि र प्रतिष्पर्धात्मक अबस्थमा संस्थापक सदस्यहरुको भूमिका र महत्वको बिषयमा अन्तरक्रिया एवम् प्रशिक्षण कार्यक्रम र २६ गते शुक्रबार आधुनिक सभाहलको भवन उद्घाटन गर्दै रजत जयन्ति कार्यक्रम समापन भएको छ ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*