मेयर बालेनको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

तामसालिङ खबर
२५ जेष्ठ २०८०, बिहीबार १८:५४

जेठ, काठमाडौ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको छ । भारतले ‘अखण्ड भारत’ काे नाममा नेपालका केही भूभाग समेत समेटिएको नक्सा नयाँ संसद भवनमा राखेपछि नेपालमा ग्रेटर नेपालकाे नक्सा राख्नुपर्ने बहस भइरहेका बेला बालेनले आफ्नो कार्यकक्षमा सो नक्सा राखेका हुन् ।

ग्रेटर नेपालको नक्सामा पूर्वमा टिस्टा नदी र पश्चिममा काँंगडासम्म फैलिएको छ । अंग्रेजसँग युद्ध हुनुअघि नेपालको भूमि टिस्टादेखि कांगडासम्म फैलिएको थियो । सो युद्धका क्रममा भएको सुगौली सन्धिपछि नेपालले आफ्नो भूमि गुमाएको थियो । यो इतिहासमा प्रमाणिक विषय हो ।

तर, भारतले भनेको ‘अखण्ड भारत’ भने प्रमाणित विषय होइन । १९४७ मा ईष्ट इन्डिया कम्पनीले छोडेर जाँदा भारत र पाकिस्तान बनेका थिए । त्यसपछि मात्र विश्वमान चित्रमा भारत नामको देश अस्तित्वमा आएको हो । अखण्ड भारतको नक्सालाई भारतले सांस्कृतिक नक्सा भन्ने तर्क गरिरहेको छ ।

यतिबेला मेयर बालेन भने विदेश भ्रमणमा छन् । तर उनकै आदेशमा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको महानगरका एक कर्मचारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*