साना किसान मनहरीको अन्तरक्रिया कार्यक्रम, १ सय २१ जना संस्थापक सदस्यलाई सम्मान
जेठ, हेटौडा (मनहरी) – साना किसान सहकारी संस्था लिमिटेड मनहरीले ‘आधुनिक प्रबिधि तथा प्रतिस्पर्धात्मक अबस्थामा संस्थापक सदस्यहरुको भूमिका र महत्व’ बिषयमा अन्तरक्रिया एवम् प्रशिक्षण कार्यक्रम गरेको छ। संस्थाको स्थापनाको २५ औ बर्ष रजत जयन्तिको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बिहिबार उक्त कार्यक्रम भएको हो।
साना किसान सहकारी संस्था लिमिटेड मनहरीको अध्यक्ष बिमला कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रिय संघ केन्द्रिय सचिब हरिप्रसाद पौडेलको प्रमुख अतिथ्यतामा भएको थियो।
कार्यक्रममा संस्थापक अध्यक्ष एकराज उप्रेती, उपाध्यक्षहरु रामचन्द्र बर्तौला, सरिता बिक, तेजराज उप्रेती, रामहरी सुवेदी, सदस्य पदमबहादुर तितुङ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा १ सय २१ जना संस्थापक सदस्यहरुलाई सम्मान गरिएको थियो । २०५५ सालमा पूर्ण स्वामित्व लिई स्थापनाकालमा ६ सय ६३ जना शुरुवात गरिएको संस्थामा हाल २ हजार ५ सय ६८ जान शेयर सदस्यहरु रहेको प्रमुख ब्यबस्थापक ज्योति सुबेदीले बताउनु भयो।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार संस्थाको आधुनिक सभाहल समुद्घाटनको लागि नेपाल कृषि सहकारी केन्द्रिय संघका अध्यक्ष एवम् राष्ट्रिय सहकारीका केन्द्रिय सदस्य खेमबहादुर पाठक आउनु हुने भएको छ । उक्त कार्यक्रममा उत्कृष्ट किसान, सहकारीकर्मीलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम रहेको प्रमुख ब्यबस्थापक सुबेदीले बताउनु भयो।