कर्मचारीले उत्कृष्ठ काम गरेर उपलब्धी निकालेका छौं – प्रशासकीय प्रमुख घलान

तामसालिङ खबर
२५ जेष्ठ २०८०, बिहीबार ०८:३१

जेठ, हेटौडा (बागमती) – बागमती गाउँपालिका मकवानपुरको प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानले पालिकाको कर्मचारीले उत्कृष्ठ काम गरेर उपलब्धी निकालेको बताउनुभएको छ। उहाँले कर्मचारी अभाब हुँदा पनि उपलब्ध कर्मचारी अतिरिक्त कार्यसमयमा पनि काम गरेर उपलब्धी निकाल्ने गरेको बताउनुभएको हो ।

बिषयगत शाखाका कर्मचारीहरु किसान र सेवाग्राहीको घर-घरमा पुगेर काम गरिरहेको कारण कार्यालयमा कर्मचारी कम हुने बताउदै भ्रामक र नियोजित सामग्री प्रचार-प्रसार गरेर आफुहरुको सेवा र कर्मप्रती आक्षेप नलगाउन समेत उहाँले सुझाउनुभएको छ । एक महिनामा १ दिन मात्र बिदा स्वीकृत गराएर आफु ब्यक्तीगत कामले पालिका बाहिर भएको अबस्थामा केही संचारकर्मीले कार्यालय प्रबेश गरेर गरेको गतिबिधी प्रती उहाँले असन्तुष्टी ब्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो ‘उक्त दिन कृषि शाखामा धानको बिऊ बितरण भईरहेको थियो भने अर्कोतिर शिक्षा शाखामा तालिम संचालन भईरहेको थियो कर्मचारीले आग्रह गर्दापनि उहाँहरुले त्यसतर्फ ध्यान नदिंदै मेरो र अध्यक्षज्युको कार्यकक्षको भिडियो खिचेर जानुभएछ ।’ ‘त्यो दिन हामी जम्मा २ जना कर्मचारी बिदामा थियौं बाँकी सबै काममा नै हुनुहुन्थ्यो उहाँले नदेख्नु नियोजित लागेको छ भने अर्को कुरा हाम्रो नापिको काम भैरहेको छ, किसानको गोठ-गोठमा कृषि प्राबिधिकहरु खोप लगाउने काममा ब्यस्त हुनु हुन्छ उहाँहरुलाई काम छोडेर घन्टौं लगाएर हाजिर गर्नको लागि बोलाउने कुरो पनि भएन ब्यबहारिकता पनि त हेर्नुपरो नि।’ उहाँले कार्यक्षेत्रमा नै गएर काम भैरहेको हो वा घुम्न कर्मचारीले काम नगरेका हुन भनेर सत्यतथ्य बाहिर ल्याइदिन पनि आग्रह गर्नुभयो ।

त्यस्तै, पालिकाको भुमिको सम्पर्क व्यक्ति निशा ढुंगानाले आफु १० मिनेट ढिला आइपुगेको कारण संचारकर्मीले हाजिर गर्न नदिएको भन्दै आक्रोश ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘हामी १० मिनेट ढिला आएको कारण पालिकामा कर्मचारीको मन्लाग्दी भयो काम गरेन भन्ने पत्रकारले अतिरिक्त सेवा सुबिधाबिना रातको १० बजेसम्म खटेको समाचार लेख्ने कि नलेख्ने’ उहाँले सुनियोजित रुपमा सेवाग्राही बनाएर उहाँको भिडियो सार्बजनिक गरिदाँ अन्य सेवाग्राहीले बोलेको भिडियो सन्तुलनको लागि हाल्नु पर्ने समेत बताउनुभयो ।

गाउँपालिकाले २ जना बिदामा भएको र बाँकी कर्मचारी कार्यालयमा नै हुँदा सुनियोजितरुपले भिडियो बनाएर कर्मचारीको मनोबलमा हृास ल्याएको आरोप समेत लगाएको छ । साथै उक्त भिडियो खिचिरहदा कार्यालयको पुर्बतिर कृषि शाखा र उत्तरतिर शिक्षा शाखाले गरिरहेको कामको बेवास्ता गर्दै भ्रामक समाचार बनाइएको बताएको छ।

 

 

 

 

 

 

 

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*