मौसमको आधारमा वृक्षारोपण गर्नुहोस् – डिभिजन प्रमुख आचार्य

तामसालिङ खबर
२२ जेष्ठ २०८०, सोमबार ११:०९

जेठ, हेटौंडा – पछिल्लो समय तापक्रम बढेसंगै मकवानपुर सहित देशभर गर्मी र सुक्खा बढेको छ । अत्याधिक गर्मीका कारण पर्यावरण सहित मानवीय जीवनमा पनि नकारात्मक असर परेको हो ।

विश्व वातावरण दिवसको अवसरमा अहिले मकवानपुरको हेटौंडामा बिरुवा रोपण गर्ने कार्यक्रम भईरहेको छ । लामो समय पानी नपरेको र अत्याधिक गर्मीका कारण रोपण गरिने विरुवा मर्ने भएकाले अहिले विरुवा नरोप्न डिभिजन वन कार्यालय, राप्ती मनहरी डिभिजन वन अधिकृत बिष्णु प्रसाद आचार्यले सुझाव दिएका छन ।

उनले मौसमको आधारमा मात्र वृक्षारोपण गर्न आग्रह गरेका हुन। उनले सार्वजनिक रुपमै यसपटकको विश्व वाताबरण दिवस अत्यन्त गर्मी र सुक्खा समयमा परेकाले विरुवा रोपण नगर्न सुझाव दिएका हुन ।

अहिले सबैले बिरुवा रोपण गर्ने कार्यक्रम छ, यस्तो गर्मीमा बिरुवा रोप्नु सिधै मर्नु हो, तसर्थ रोप्नु पर्ने अनिवार्य अवस्थामा १–२ वटा साँकेतिक रुपमा रोप्न र बाँकी बिरुवा पानी परेपछि मात्र रोप्न अनुरोध गरे । उनले असार १४ गते राष्ट्रिय वृक्षारोपण दिवसमा विरुवा रोप्ने वाताबरण मिलाउन आग्रह समेत गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*